arrow

कांग्रेस सांसद बजगाईँले तलब भत्ता विपद्‌मा परेका नागरिकका लागि खर्च गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
rajendra-bajghain-new.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्य गोरखा-१ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईँले सांसद भएबापत आफूले प्राप्त गर्ने सम्पूर्ण सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन् । गोरखा क्षेत्र नं १ का सांसद बजगाईँले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सो घोषणा गरेका हुन् ।
 
 उनले सामाजिक सञ्जालमार्फत आफूले प्राप्त गर्ने तलब भत्ताबापतको सबै सुविधा विपद्‌मा परेका आफ्नो निर्वाचन क्षेत्रका नागरिकका लागि खर्च गर्ने उल्लेख गरेका छन् ।
 
“मैले सांसद भएबापत पाउने सम्पूर्ण तलब भत्ता गोरखा क्षेत्र नं १ मा विपद्‌मा परेकाका लागि खर्चने घोषणा गर्दछु”, उनले लेखेका छन्, “गोरखाको विकट भूगोल र भिर पखेरामा विपद्‌मा परेका नागरिकको रेखदेख गर्न पुगोस् भन्ने अभिप्राय हो ।” 

सांसद बजगाईँले शपथ ग्रहणका क्रममा समेत आफूले जनतासँग मत मागिरहेका बेला गरेको प्रतिबद्धता सम्झिएको उल्लेख गरेका छन् । 
 
उनले आफू गोरखा क्षेत्र नं १ को गरिब र भौगोलिक रूपमा विकट क्षेत्रका बासिन्दाको सहयोगमा सांसद बन्न सफल कुरा भएको नबिर्सिएकोसमेत उल्लेख गरेका छन् । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बजगाईँ लोकतान्त्रिक वाम–गठबन्धनबाट विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ