arrow

 सबैभन्दा चिसो शहर : माइनस ५० डिग्रीभन्दा तल झर्दा मात्र हुन्छ विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
coldest-city.jpg

काठमाडौं ।  रुसको ओम्याकुन शहर विश्वको सबैभन्दा चिसो बसोबास भएको शहर हो । यहाँ बाह्रै महिना हिउँ जम्छ । मानिसहरू २४ घण्टा सवारीसाधन चलाउँछन् । यस क्षेत्रमा घर बाहिर व्यायाम गर्न पनि निषेध छ । चिसोमा पसिना बगाउँदा मृत्यु हुनसक्ने भएकाले व्यायाम गर्न निषेध गरिएको हो ।

साइबेरियाको याकुत्या क्षेत्र नजिक रहेको यस शहरमा ५ सम मानिस बस्छन् । जाडोमा २१ घण्टाभन्दा बढी रात जस्तै गहिरो अन्धकारमा डुब्ने ओम्याकुन सधैँ विश्वका लागि आकर्षण र रहस्यको केन्द्र बनेको छ ।

ओम्याकुनको अर्थ रुसी भाषामा कहिल्यै नजमेको पानी हुन्छ । तर नामको विपरीत यहाँ गर्मी मौसममा पनि पानी जम्मा भइरहन्छ । सन् १९२० को आसपास तातो पानीको मुहानको खोजीमा घुमफिर गर्दै हिरण गोठालाहरूको ठूलो बथान यहाँ पुगेर बसोबास गरेका थिए । 

यहाँको तापक्रम गर्मीमा माइनस १० डिग्री भन्दा कम रहन्छ भने जाडोमा माइनस ६० डिग्रीसम्म पुग्छ। कहिलेकाहीँ तापक्रम यो भन्दा पनि कम माइनस ८० सम्म पुग्छ। तापक्रम माइनस ५० डिग्रीभन्दा तल झर्दा मात्र विद्यालय बन्द हुने गरेको छ ।

यहाँ वर्षभरि तापक्रम माइनसमा रहन्छ, त्यसैले बाली र अन्न उब्जनी हुँदैन । मानिसहरू मासु-आधारित खाना खान्छन् । जसमा रेनडियर मासु मुख्य हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ