arrow

कांग्रेस गण्डकी संसदीय दल चुनाव १५ पुसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
gandaki-pradesh-province-4.jpg

पूर्वीनवलपरासी। नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा संसदीय दलको निर्वाचन आगामी मंगलबार हुने भएको छ । निर्वाचनका लागि कांग्रेस गण्डकी प्रदेशका

महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा शुक्रबार ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
समितिका अन्य सदस्यमा पार्टीका गण्डकी प्रदेशका सहमहामन्त्रीद्वय रमेश पाण्डे, कोपिला रानाभाट र अधिवक्ताद्वय फणीन्द्र कोइराला र मणि दाहाल रहेका छन् ।

संसदीय दलको चुनाव पुस १२ गते मंगलबार हुने उनले बताए । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सदस्य रहेका छन् । १८ जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने ९ जना समानुपातिक निर्वाचन प्रणालीबाट छानिएका हुन् । प्र

देशसभामा संसदीय दलको नेता हुन गोर्खाका सुरेन्द्र पाण्डे, पूर्वी नवलपरासीका महेन्द्रध्वज जिसी र कास्कीका बिन्दुकुमार थापा आकांक्षी देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ