arrow

पावर सेयरिङका लागि सत्ताठबन्धनको बैठक जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
Gathabandhan-baluwatar-meet.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक जारी रहेको छ । 

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ । सो अगाबै ‘पावर सेयरिङ’को विषय टुंग्याउन गठबन्धनको बैठक बसेको हो । 

गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेका बेला गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ