arrow

देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न महिला कांग्रेस सांसदहरुको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
mahila-congree-samsad-2079-09-09.jpg

काठमाडौं । नेपाली कांग्रेसका महिला सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी  दिइन् । 

‘तत्कालको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ, त्यही अनुसार गठबन्धनका नेताहरुलाई कुरा गर्नुहोला भनेर हामीले सभापतिलाई भनेका छौं’, रमा कोइरालाले भनिन् । 

जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताए । राष्ट्रपति विद्यादेवी  भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । 

प्रतिनिधि सभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ