arrow

खाना खाने बेलासम्म पनि कांग्रेसले नबोलाएपछि प्रचण्ड बालकोटतिरै लागे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
oli-prachanda-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएका छन् ।   

नेकपा टुटेपछि पहिलो पटक प्रचण्ड बालकोट गएका हुन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी सहमतिमा नपुगेपछि प्रचण्ड ओलीको शरणमा पुगेका हुन् ।  

तर बालकोट आउँछु भनेर बालुवाटारबाट बाहिरिँदा बाहिरिँदै भनेका प्रचण्ड खाना खाएर आउँछु भनेर आफ्नै निवास खुमलटार पुगेका थिए । उनले अझै पनि कांग्रेस फकाउन आउँछ कि भन्दै खाना खाने बहानामा खुमलटार पुगेको पनि बताइन्छ ।

तर खाना खाउन्जेलसम्म कांग्रेसले नबोलाएपछि उनी अन्ततः बालकोटमै पुगेका हुन् । 

हिजो माओवादीका नेताहरुसँग एमालेका नेताहरुले गठबन्धन तोडेर नआएसम्म छलफलमा नबस्ने भनेसँगै आज प्रचण्डले गठबन्धनसँगको सम्बन्ध तोडेर नै ओलीलाई भेट्न बालकोट पुगेको बताइएको छ । 

प्रचण्डले आफू प्रधानमन्त्री बन्ने एक सूत्रीय माग लिएर अगाडि बढेकाले देउवासँग सहमति नमिलेपछि एमालेसँग मिलेरै भए पनि प्रधानमन्त्री बन्नेतर्फ लागेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउने दाबेदारी दिन आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् । 



नयाँ