- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएका छन् । नेकपा टुटेपछि पहिलो पटक प्रचण्ड बालकोट गएका हुन् ।
बालकोटमा भइरहेको छलफलमा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल तथा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ पनि सहभागी रहेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी सहमतिमा नपुगेपछि प्रचण्ड ओलीको शरणमा पुगेका हुन् ।
तर बालकोट आउँछु भनेर बालुवाटारबाट बाहिरिँदा बाहिरिँदै भनेका प्रचण्ड खाना खाएर आउँछु भनेर आफ्नै निवास खुमलटार पुगेका थिए । उनले अझै पनि कांग्रेस फकाउन आउँछ कि भन्दै खाना खाने बहानामा खुमलटार पुगेको पनि बताइन्छ ।
तर खाना खाउन्जेलसम्म कांग्रेसले नबोलाएपछि उनी अन्ततः बालकोटमै पुगेका हुन् । हिजो माओवादीका नेताहरुसँग एमालेका नेताहरुले गठबन्धन तोडेर नआएसम्म छलफलमा नबस्ने भनेसँगै आज प्रचण्डले गठबन्धनसँगको सम्बन्ध तोडेर नै ओलीलाई भेट्न बालकोट पुगेको बताइएको छ ।
प्रचण्डले आफू प्रधानमन्त्री बन्ने एक सूत्रीय माग लिएर अगाडि बढेकाले देउवासँग सहमति नमिलेपछि एमालेसँग मिलेरै भए पनि प्रधानमन्त्री बन्नेतर्फ लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउने दाबेदारी दिन आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।