arrow

गुनासो गर्दै माधव नेपालले भने – प्रचण्ड हामीसँग सल्लाह नै नगरी बालकोट हिँडे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
prachanda-madhavs.jpg

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूहरूसँग सल्लाह नगरी बालकोट पुगेको बताएका छन् । पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले आइतबार यस्तो बिफ्रिङ गरेका हुन् । 

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धनमा टुटेपछि अन्योलमा परेको छ । नयाँ सरकार गठनमा एमाले माओवादी सहकार्य हुने भएपछि नेकपा एस अलपत्र परेको हो ।

यद्यपि, यथास्थितिमा एमालेसँग कुनै सहकार्य नहुने अध्यक्ष नेपालको बिफ्रिङ छ । उनले अब कांग्रेससँगको सहकार्य टुङ्गिएको पनि सो क्रममा बताए । 

तिनै प्रचण्डका कारण नै माधव नेपाल एमालेसँग टाढिएका थिए । अहिले तिनै प्रचण्डले माधव नेपाललाई एक्लै पारेर एमालेसँग लहसिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ