arrow

साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति, ड्राफ्ट बन्दै, दाबी शितलनिवासमा बुझाइँदै, राष्ट्रपति र सभामुख एमालेलाई  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
Balkot-Meeting-new-coalation.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । 

सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ । 

सरकार बनाउने सुहमतिअनुसार दाबी राष्ट्रपति कार्यालय शितलनिवासमा बुझाइने छ । 

प्रचण्डलाई नेतृत्व दिन एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, सीके राउतको जनमत पार्टीका ६ तथा नागरिक उन्मुक्ति पार्टीका ३ जना सांसद जोडिने छन् ।

आधा कार्यकालपछि एमालेले सत्ता हातमा लिने सहमति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ