- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माओवादी केन्द्र संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा आफूलाई रहेको सात दलको समर्थन लिएर राष्ट्रपति कार्यालय जाँदै छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच सहमति भएको छ ।
सहमतिपत्रमा हस्ताक्षर भइसकेपछि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदमा दावी गर्न राष्ट्रपति भवन शीतल निवास जाने तयारीमा छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ पुसमा एक साताको समय दिएर संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् । उक्त समय सकिन अब केही समय बाँकी छ । साँझ ५ बजेसम्मको समय छ ।
एमाले स्रोतका अनुसार राष्ट्रपतिलाई जानकारी भने गराइसकिएको छ ।