arrow

दाबी पेश गर्न ओली र प्रचण्ड लागे शीतल निवास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
prachanda-oli.jpg

काठमाडौं । सरकारको दाबी पेश गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास तर्फ लागेका छन् ।

ओली र प्रचण्ड बालकोटबाट सरकाको दाबी पेश गर्न राष्ट्रपति भवन शीतल निवास हिँडेका हुन् ।

 बालकोटमा सम्पन्न बैठकमा साढे २ वर्षका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रपति सामु दाबी पेस गर्ने सहमति भएको बताएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत पार्टी लगायतसात दल मिलेर सरकार बन्ने उनले बताए ।

कुल सङ्ख्या १६६ मत को सरकार बन्ने तयारीमा रहेको पोखरेलले बताए ।

राष्ट्रपतिले दिएको समय सीमा अहिले ५ बजे सकिँदै छ । ओलीले आफू दाबी पेश गर्न आउँदै गरेको राष्ट्रपतिलाई जानकारी गराइ सकेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ