arrow

ओली र प्रचण्ड शीतल निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
sital-niwas.jpeg

काठमाडौं । सरकारको दाबी गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्रीका लागि प्रचण्डको नाम लिएर दुवै अध्यक्ष शीतल निवास पुगेका हुन् ।

 बालकोटमा जारी बैठकमा साढे २ वर्षका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

 नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत पार्टी लगायत सात दल मिलेर सरकार बन्ने बताइएको छ ।

कुल सङ्ख्या १६६ मत को सरकार बन्ने तयारीमा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ५ बजेसम्मको समय सीमा तोकेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ