arrow

केपी ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन शीतल निवासमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
shital-niwas-gadi.jpg

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न दलका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय सकिन केही मिनेट बाँकी रहँदा नेताहरु शीतल निवास पुगेका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा आइतबार अपरान्ह एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

उक्त सहमतिपछि १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्ष नेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका हुन् । एमाले अध्यक्ष ओली, प्रचण्डसहितका नेता शीतल  निवासमा छन् । 

मंसिर ४ अघिसम्म एकअर्काको मुख देख्न नचाहने केपी ओली र प्रचण्ड भने अहिले कुममा कुम मिलाएर शितल निवासमा पुगेका हुन् । 

ओलीले नेकपा हुँदा सहमतिअनुसार आधा कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री हुन दिएको भए त्यसपछिको अवधिमा यसरी राजनीतिक परिवर्तन हुने पनि थिएन । 

तर अहिले आएर एक अर्का सत्ताका लागि साथका लागि वाध्य भएका छन् । 



नयाँ