arrow

अमृत बेलाबाट दिन शुरुआत, कस्तो होला आजको राशिफल ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस ११ गते सोमबार, इस्वीसंवत डिसेम्वर २६ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषशुक्लपक्षको तृतीया तिथि रहनेछ ।

नक्षत्रमा श्रवण विष्कुम्भादि योगमा हस्ता, करणमा गर, आनन्दादि योगमा सिद्धि रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५२ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१४ बजे हुनेछ ।

आजको राशिफल

मेष : आजको दिन भलै अपेक्षाकृत महत्वपूर्ण उपलब्धि हुनलाई अल्लि गार्होदेखिएको छ । तथापि धार्मिक-आध्यात्मिक चिन्तनले मानसिक शान्ति मिल्ने छ । सामान्यतया दैनिक एवं व्यवहारिक कामकार्यमा आएका अवरोध एवं अपजश हट्दै जाने र केही लाभ हातपार्न सकिने हुनाले दिनलाई अनुकूलोन्मुख मान्न सकिन्छ । उच्च वर्गसँग सम्पर्क स्थापित हुनेछ जसको कारण महत्वाकांक्षा पनि बढ्न सक्ने छ । जिम्मेवारी एवं मनोबल उच्च हुनेछ । प्रेम सम्बन्धले उचाइ लिनेछ भने विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र माँ भुवनेश्वरीको श्रद्धाभक्ति एवं दर्शन फलप्रद हुनेछ ।

वृष : आजको दिन स्वास्थ्यको बारेमा त्यति अनुकूल मान्न अल्लि नसकिने देखिएको छ । साबधानीपूर्वक व्यवहार गर्नुपर्ला । गर्नै खोजेको काम अल्लि बढी मेहनत तथा उपाय अवलम्बन गर्नाले मात्रै सम्पादन गर्न सकिएला । खासै नसोँचेको काम बरु बनेर उपलब्धि हात पर्नेछ । केही आकस्मिक लाभ हुनसक्ने छ । दैनिकी कार्यक्षेत्रमा संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेको कुरालाई नकार्न सकिन्न । आज दीर्घरोगीले आहारविहारमा ख्याल पुर्याउनु होला । आठ अङ्क, रातो रङ्गको उपयोग र सन्तोषी माँको सेवा आराधना गर्नु विशेष शुभकर हुनेछ ।

मिथुन : आजको दिन भौतिक उन्नतिप्रद गोचर परेको दिन छ । पेशागत क्षेत्रमा चहलपहल बढ्नेछ, उद्यमधन्दा प्रति चेष्टा बढ्नेछ । व्यवसायबाट राम्रै उपलब्धि एवं सफलता र लाभ हासिल गर्न सकिनेछ । टाढाको खबर मिल्ने, औपचारिक कार्यमा व्यस्त रहनुपर्ने, विशेष व्यक्तित्वहरुसँग भेट्घाट हुन सकिने छ । प्रेम तथा दाम्पत्य जीवनमा सुख बृद्धि हुने, विलासी–प्रमोदी दिनचर्या रहने, रमाइलो यात्राको संयोग पर्नसक्ने छ । सामान्य दैनिकी कार्यमा पनि व्यापारजन्य कर्म सम्पादन हुन जाने सम्भावना छ । सात अङ्क, सेतो रङ्गको उपयोग र साहित्यिक सन्दर्भ यहाँको लागि आज शुभप्रद हुनेछ ।

कर्कट : आजको दिन अनुकूल रहनेछ । स्वास्थ्यमा सुधार आउने एवम् शारीरिक जोश जाँगर बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ । साथै शत्रुमाथि विजय हासिल गर्न सकिने छ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धामा सफलता हात लाग्ने र पदीय जिम्मेवारी लिन सकिने छ । आफ्नो पेशागत कार्यबाट पनि राम्रो उपलब्धि हुने तथा लक्ष्मी कृपा प्राप्त हुनेछ । पक्षविपक्ष बीचमा सम्पादन हुने वहस तथा राजनीतिजन्य क्षेत्रमा पनि आफ्नो वचस्व स्थापित गर्नसकिने छ । नयाँ स्थानको घुमफिर पनि हुनसक्ने ग्रहगोचरले संकेत गरिरहेको छ ।

सिंह : आजको दिन शक्ति तथा विद्याको अहं बढ्न सक्ने छ भने बुद्धिविवेकले काम नगर्न पनि सक्नेछ । काम बिग्रीसके पछि पश्चाताप पर्नसक्ने भएकोले पहिला नै संयमपूर्वक व्यवहार गर्नु उपयुक्त हुनेछ । स्वाध्याय तथा स्वकार्यमा समय दिनाले भने केही उपलब्धि मिल्न सक्ने छ । आत्मप्रशंसाको आसक्ति तथा प्रमातको भावनाले कमजोरीको वास्तविकता उदाङ्गिन सक्ने कुरालाई कुट्नीतिक चिन्तकहरुले ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ । कसैकैलाई दिन सैद्धान्तिक कट्टरताको पक्ष बलियो रहनेछ । माँ जगद्कालीको ध्यान एवं आराधना गर्नाले ग्रहदोषमा न्यूनिकरण भई केही लाभ पनि मिल्नसक्ने छ ।

कन्या : आजको दिन केही संघर्षको अनुभूति हुने तथा कार्यमा अबरोध आउन सक्ने र मानसिक अशान्ति बढ्न सक्ने गोचरप्रभाव छ । विचारमा पनि संकीर्णता नआउनाला भन्न सकिन्न, जसले गर्दा संसर्गिसँग कटुता बढ्न सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । उपयुक्त प्रतिकूलताको बाबजुत पनि अपेक्षा नगरिएको तर्फबाट आर्थिक लगायतका उपलब्धि हुन सक्ने छ । अहंभावलाई संयम गर्न सकेको खण्डमा कुनै पनि कार्यको पछिल्लो खण्ड लाभ एवं सफलतापूर्ण रहनेछ । आज यहाँलाई चार अङ्क, सेतो तथा रातो रङ्गको प्रयोग र बाधाबिघ्न निवारणको लागि सात्विक आहारविहारमा रहेर आमाको आर्शिवाद लिनु शुभ हुनेछ ।

तुला : आजको दिन पुरुषार्थिलो रहनेछ । जोश जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धव बीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउन सक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ ।

वृश्चिक : आजको दिन ढुकुटी भर्ने तथा आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ । पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक, संभाषण, प्रवचन आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह एवं सहभागीता बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।

धनु : आजको दिन रमाइलो एवम् सन्तोषप्रद रहनेछ । अनुकूल वातावरण बन्ने र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्नेछ । खुशी र उमंग छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् सौगात आदिको सम्भावना पनि देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नुहुनेछ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्गको प्रयोग र माँ सन्तोषी देवीको सेवा शुभप्रद रहनेछ भने गुरुजनहरुको आशिर्वाद लिनु पनि उपयुक्त हुनेछ ।

मकर : आजको दिन केही संघर्षको सामना गर्नपर्ने देखिएको छ । कार्यमा बढी कोसिसले मात्रै थोरै सफलताले चित्त बुझाउन पर्नेछ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ भने बुद्धिमततापूर्वक फजुलका विषयबाट तर्किनु उपयुक्त हुनेछ । सोँचविचार नपुर्याई गरिएको कार्यले खतिक्षति र पश्चाताप हुनसक्ने सम्भावना देखिएको छ । गोचरले अनावश्यक यात्रा हुनसक्ने पनि सम्भावना देखाइरहेको छ । मानसिक बहिर्गमनलाई संयम गरी स्वकार्यमा लगनशील रहनाले केही लाभ गर्नसकिने छ । यहाँको लागि आज तीन अंक, पहेंलो रङ्गको प्रयोग र असाय क्षेत्रलाई दान सहयोग गर्नु एवं माँ भुवनेश्वरीको दर्शनभक्ति गर्नु उपयुक्त हुनेछ ।

कुम्भ : आजको दिन यद्यपि आय आम्दानी बढाउन प्रयत्न हुने तर ग्रहको केही बाधाकर भूमिका भएकोले मुख्य ठानिएको उपलब्धि हुन अल्लि गाह्रो पर्ने सम्भावनालाई गोचरले लक्षित गरिरहेको छ । अतिरिक्त पक्ष ठिकै देखिएको छ । रमणीय स्थानको रोमान्चकारी यात्रा हुनसक्ने छ भने नयाँ मान्छेहरुसँग सुमधुर सम्बन्ध स्थापित हुनेछ । भौतिक मान-सम्मान र पदप्रतिष्ठा एवं जिम्मेवारी मिल्ने सम्भावना छ । सामान्य तया राजनीति एवं विद्यामा सुधार र सफलता मिल्नेछ । केही चुनौतिसँगै आम्दानी हुने र क्षणिक भएपनि मान प्रतिष्ठा बृद्धि हुने तथा समाजसेवामा वचस्व स्थापित हुनसक्ने छ भने व्यवसायिक व्यस्तता रहनेछ । आज गुरुजनप्रति सेवा तथा श्रद्धाभाव राख्नाले ग्रहबाधा न्यूनिकरण हुनेछ ।

मीन : आजको दिन सामान्यको अतिरिक्त केही महत्वपूर्ण मानसम्मान प्राप्त हुने खालको रहेको छ । यापार तथा व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा पनि ग्रहले ठिकै भूमिका निर्वाह गरेको देखिएकोले यथोचित लाभ एवम् सफलता हातपार्न सकिनेछ । जागिरेहरुको लागि पनि दिन सहज एवम् सन्तोषकर रहनेछ । समयलाई सदुपयोग गर्नसके तुलनात्मक रुपमा फाइदा लिन सकिने नै छ । यहाँलाई आज एक अंक, रातो रङ्गको उपयोग अनुकूल हुनेछ भने माता इन्द्रायणीको चरणको दर्शनभक्ति गर्नु हितकर हुनेछ ।

साइतः सूर्य धनु चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दशाको यात्रा गर्दै नगर्नुहोला । आज पचिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    अमृत बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     काल बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     शुभ बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    रोग बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   उद्वेग बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      चर बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     लाभ बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ