arrow

प्रचण्डको शपथ अघि नै देउवाले बालुवाटार छोड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
sher-bahadur-deuba-2078-12-05.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै बालुवाटार छोड्ने तयारी गरेका छन् । 

निवर्तमान प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ लिनु अघि नै बालुवाटार छोड्ने तयारी गरेका छन् । 

देउवाले आज दिउँसो बालुवाटार छोड्ने छन् भने अपराह्न ४ बजे प्रचण्डले शपथ लिने छन् । शपथ ग्रहणसँगै प्रचण्ड बालुवाटार प्रवेश गर्नेछन् । बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास निवास छ । 

प्रचण्ड कांग्रेससँगको सहकार्यलाई तोड्दै प्रधानमन्त्री बनेका छन् । प्रचण्ड आइतबार एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्ति भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ