arrow

प्रचण्डलाई फोन गरेर देउवाले दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
pm-prachanda.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेरै बधाई दिएका छन्।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज साँझ शपथ लिँदै छन् । त्यसअघि नै निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले फोन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई बधाइ दिएका हुन् ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देउवाले प्रचण्डलाई बधाइ दिएको बताएका हुन् । पेरिसडाँडामा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष महराले सभापति देउवा र कांग्रेसका नेताहरूले फोन गरेर प्रचण्डलाई बधाई दिएको बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ