arrow

उत्तर-दक्षिण कोरियाबीच द्वन्द्व चर्कियो: ड्रोन आक्रमणकाबीच लडाकु विमान खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
north-south-korea-drone.jpg

काठमाडौं । दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तर कोरियाले आपसी सीमामा धेरै ड्रोन उडाएको बताएका छन् । 'मानवरहित हवाई सवारी' अथवा ड्रोनले जियोन्जि प्रान्त वरपर सीमा क्षेत्रमा दक्षिण कोरियाली हवाई क्षेत्र उल्लङ्घन गरेको दक्षिण कोरियाको जोयन्ट चिफ स्टाफले जनाएकाे छ । तीमध्येकाे एउटा ड्रोन राजधानी सियोलको उत्तरतर्फ उडेको बताइएको छ ।

दक्षिण कोरियाली सेनाले ती ड्रोन खसाल्न जेट र हेलिकप्टर पठाउनु अघि चेतावनी गोली चलाएको बताएको छ। यद्यपि ड्रोनहरू खसाल्ने प्रयास अहिलेसम्म असफल भएको छ र जारी रहेको जोयन्ट चीफ स्टाफले जनाएका छन् ।

स्थानीय समय अनुसार साढे १० बजेतिर ड्रोनहरु सीमा पार गरेको देखिएको छ । अपरेशनमा संलग्न दक्षिण कोरियाली लडाकु विमानहरू मध्ये एउटा केए-१ लाइट आक्रमण विमान पछि दुर्घटनाग्रस्त भएको तर, विमानका चालक दुई पाइलट भने सकुशल रहेको बताइएको छ ।

योनहापले उद्धृत गरेको वायुसेनाका अनुसार विमान नजिकैको शहर वोन्जुको हवाई अड्डाबाट उडेको केही समयपछि सियोलको पूर्वमा रहेको होङसेङ काउन्टीमा जमिनमा खसेको थियो।

दक्षिण कोरियाले आफ्नो इन्चियोन र जिम्पो विमानस्थलमा उडान र अवतरण पनि करिब एक घण्टाका लागि स्थगित गरेको छ। 

दक्षिण कोरियाका एक सैन्य अधिकारीले पछिल्लो आक्रमणलाई प्योङयाङको स्पष्ट उक्साहट भएको बताएका छन् । 'हाम्रो सेनाले उत्तर कोरियाको उत्तेजनालाई पूर्ण र दृढताका साथ जवाफ दिन जारी राख्नेछ,' सेनाले अघि भनेको छ ।

दुई कोरियाबीचको तनाव सबैभन्दा उच्च बिन्दुमा हुँदा अन्तिम पटक उत्तर कोरियाली ड्रोनले सन् २०१७ मा सीमा पार गरेको थियो ।

यी ड्रोनहरूलाई दक्षिण कोरियाको सुरक्षाको लागि खतराको रूपमा हेरिएको छ, किनकि यी ड्रोनहरू जासुसी र आक्रमण दुवैका लागि प्रयोग गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ