arrow

मंगलचौंथी र श्रीगणेशको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस १२ गते मंगलबार, इस्वीसंवत डिसेम्वर २७ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषशुक्लपक्षको चतुर्थी तिथि रहनेछ ।

नक्षत्रमा धनिष्ठा विष्कुम्भादि योगमा वरियान, करणमा भद्रा, आनन्दादि योगमा उत्पात रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । दिनमान २५ घटि ५१ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५२ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१४ बजे हुनेछ । आज मंगलचौथी ब्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ । दीर्घरोगीले बढी ख्याल पुर्याउन जरुरी देखिन्छ । कार्यक्षेत्रमा संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अपनाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनाले स्वास्थ्यकष्ट हुनबाट बच्न सकिएला । आठ अंक, रातो रङ्ग आज यहाँको लागि उपयुक्त रहनेछ भने लक्ष्मीनारायण वा आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

वृष : आजको दिन दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देशविदेशको यात्रा हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग फापसिद्ध हुनेछ भने उपहार व्यवहारले पनि यहाँले खेलेको भूमिकामा सकारात्मक अर्थ राख्नेछ ।

मिथुन : आजको दिन हिम्मतिलो रहनेछ । कामकार्यमा निकै मन लाग्नेछ । महत्त्वपूर्ण कार्यको लागि स्वजनबाट सहयोग मिल्न सक्ने छ । शत्रुमुकाविला तथा प्रतिस्पर्धामा सफल भइने छ । पेशा तथा व्यवसायको क्षेत्रमा श्रीलक्ष्मीको कृपा हुने हुनाले यथेष्ट धनलाभ गर्नसकिने छ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र कान्ति बृद्धि हुनेछ भने साहस थपिने छ । आँट साहसले गर्ने काम सम्पादन गर्न सकिने छ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनको वातावरण सृजना हुनेछ ।

कर्कट : आजको दिन विद्याबल प्रदर्शन गर्ने संयोग पर्ने छ । बुद्धिको चतुर्याँईले केही हद्सम्म मान्छेहरुको मन आकर्षण गर्न पनि सकिने छ । अध्ययन अध्यापनका क्षेत्रमा ग्रहगोचर अनुकूल रहने भएकोले तथा समयको सदुपयोग गरेको खण्डमा विद्यार्थीले राम्रो प्रगति गर्नसक्ने देखिन्छ । सन्तानपक्षमा पनि गोचरले राम्रो टेवा दिइरहेको छ साथै सन्तानको तर्फबाट पनि सन्तोष प्राप्त गर्न सकिने छ । पाँच अंक, रातो रङ्ग यहाँलाई आज फाप सिद्ध हुनेछ । सन्तान नहुनेहरुले गरीब तथा असहाय बालबच्चाको लागि सहयोग गर्नु शुभप्रद हुनेछ ।

सिंह : आजको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्न सक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । अपयश तथा बाधा ब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, हिम्मत नहार्ने र सत्नियतमा रहने तथा उपयुक्त उपाय अवलम्बन गर्ने गर्नाले अन्तिममा सफाइ र सफलता मिल्नेछ । केही संघर्ष एवम् अल्लि बढी मेहनतबाट केही फाइदा पनि गर्नसकिने छ ।

कन्या : आजको दिन बहुआयामिक दिन रहेको छ । समय र शारीरिक एवम् मानसिक शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्नसकिने छ । । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको प्रस्ताव आउनसक्ने छ । पेशागत क्षेत्रबाट यथाशक्ति आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्गको प्रयोग फाप्नेछ भने लक्ष्मीनारायणलाई खुशी बनाउनु थप कृपाप्रद हुनेछ ।

तुला : आजको दिन सकारात्मक ग्रहगोचर देखिएको छ । बोलीको प्रभाव राम्रो पर्ने गोचर परेको हुनाले प्रवचन, अध्यापन, उद्घोषण, भाषण आदि वाणीवृति हुनेहरुको लागि विशेष अनुकूल रहनेछ । धुकुटिमा धनधातु तथा खजाना भण्डारन गर्न सकिने छ । परोपकार एवम् समाजसेवाका क्षेत्रमा पनि ग्रहले साथ दिएको छ । कुटुम्ब जनको आगमनले पारिवारिक वातावरण सौहार्दपूर्ण बन्नेछ भने गृहस्थ व्यवहार पनि सार्थक हुनेछ । आज यहाँलाई दुई अंक, सेतो रंग उपयुक्त रहने छ भने लक्ष्मी भगवतीको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।

वृश्चिक : आजको दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ । मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ । व्यापार एवं व्यवसाय तथा कर्मक्षेत्रमा उत्साह बढ्ने, शुभचिन्तकहरुबाट राम्रो सहयोग मिल्ने छ । जनव्यवहारमा ग्रहगोचरको प्रभाव सकारात्मक देखिएको हुनाले उपलब्धि पनि राम्रो हुनेछ । उमङ्ग उत्साह र काम कार्य सम्पादन गर्न सहज वातावरण बन्नेछ । व्यवसायिक लाभ प्राप्त हुने र स्वजनहरुबाट प्रोत्साहन मिल्नसक्ने छ । आज तपाईँलाई एक अंक, रातो रङ्ग शुभ रहनेछ भने लक्ष्मीनारायणको सेवाश्रद्धा गर्नाले हित हुनेछ ।

धनु : आजको दिन खर्चपूर्ण, सञ्चित धनको अपव्यय तथा कार्यमा असफलता/अबरोध जस्ता प्रतिकूलताप्रद छ । बढी परिश्रम एवं संघर्षले मात्रै केही उपलब्धि गर्नसकिएला । मिथ्यावाद तथा अनावश्यक शंका-भयको सामना गर्नपर्ने सम्भावना पनि देखिएको छ । सामान्यतया आकर्षणमा ह्रास आउने छ । ग्रहको स्थितिलाई बुझेर अनर्थ परिश्रम नगरेकै राम्रो हुनेछ अन्यथा पश्चाताप पर्नपनि सक्नेछ । सद्कर्म प्रतिको प्रयासबाट भने केहीहद्सम्म लाभमिल्ने छ । मान्यजनप्रति उत्तरदायि रहनु, दर्शनभेट्मा समय एवं खर्चको सदुपयोग आदि गर्नु उपयुक्त हुनेछ । लक्ष्मीनारायण भगवानको स्तुति भक्ति आज तपाईँको लागि शुभप्रद हुनेछ ।

मकर : आजको दिन हुनलाई आम्दानीकर ग्रहयोग परेको छ तरपनि बढी चाहना गरिएको तथा बढी महत्त्वपूर्ण ठानिएको कार्यमा ग्रहको अबरोध देखिएको छ । आश्वासन मिलेको ठाऊँबाट हुनपर्ने आर्थिक लाभ हुनलाई पनि अल्लि कठिनाई पर्नसक्ने छ । सामान्य काम कार्य स्वभाविकै रहने देखिन्छ । पेशा एवम् व्यवसायमा ठिकै सफलता मिल्नेछ । स्वजनहरुसँग भेट्घाट हुनपाइने तथा शुभसन्देश प्राप्त हुनेछ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने विशेष मानिएको काममा आउने अड्चन निवारणको लागि भगवान भैरवदेवको भक्तिभाव गर्नु उपयुक्त हुनेछ ।

कुम्भ : आजको दिन गोचरले राम्रो साथ दिएको छ । दीगो कार्यको थालनी गर्न सकिने सम्भावना छ । आफन्तीहरुको सहयोग मिल्ने हुनाले महत्त्वपूर्ण कार्य सम्पादन गर्नसकिने छ । वरिष्ठवर्गसँग संपर्क स्थापित हुनाले केही महत्त्वाकांक्षी मनोविज्ञान बढ्ने पनि सम्भावना देखिन्छ । व्यवसायले प्रसिद्धि पाउने छ । राजनीति, समाजसेवा तथा नोकरी आदि क्षेत्रमा पदप्रतिष्ठा तथा जिम्मेवारी थपिनसक्ने छ भने उपयुक्त मानसम्मान प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ । प्रेमका पारखीहरुलाई पनि दिन अनुकूल एवं सम्मानित रहनेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान लक्ष्मीनारायणको स्तुति शुभप्रद हुनेछ ।

मीन : आज सामान्यतया आफूभन्दा माथिल्लो निकायबाट केही दबाबपूर्ण व्यवहार नहोला भन्न सकिन्न तथापि दिन भाग्यप्रद रहने छ । मनमा सात्त्विक विचारले प्रसय पाउनाले धार्मिक एवम् आस्तिक भावना बलियो हुनेछ । आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान श्रीहरिको भक्तिभाव तथा स्तुतिस्मरणको अभ्यासले अपयश जन्य स्थितिलाई हटाउन मद्दत हुनेछ ।
 

साइतः सूर्य धनु चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    रोग बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     उद्धेग बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     चर बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    लाभ बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   अमृत बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      काल बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     शुभ बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।


राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ