arrow

'प्रचण्डको सत्तारोहण अनपेक्षित, देउवाले चित्तबुझ्दो जवाफ दिनुपर्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्को तेस्रो शक्ति भए पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई अराजनीतिकको संज्ञा दिएका छन्। नेता कोइरालाले विज्ञप्ति जारी गरी भनेका छन्  'संसद्बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन ।'

संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको उनको भनाइ छ ।  'हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,' उनले भनेका छन्।

उनले कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेको भन्दै निराश नहुन सबैलाई आग्रह गरेका छन् । 'सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ सङ्कल्प गछौँ,' उनले भने ।

‘प्रचण्ड’को सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै उनलाई बधाई ज्ञापन गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ