arrow

श्रीकृष्णको प्रिय दिनमा राशिफल यस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
rashifal-horoscope-5.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस १३ गते बुधबार, इस्वीसंवत डिसेम्वर २९ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषशुक्लपक्षको पञ्चमी तिथि रहनेछ ।

नक्षत्रमा शतभिषा विष्कुम्भादि योगमा सिद्धि, करणमा कौलव, आनन्दादि योगमा मानस रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । दिनमान २५ घटि ५१ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५५ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१५ बजे हुनेछ ।

आजको राशिफल

मेष : आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति एवम् जोश जाँगर बढेर आउने रकाम गर्न मनग्य रुचि बढ्ने छ । रोकिएर रहेको महत्वपूर्ण काम पूरा गर्न सकिनेछ । तपाईँको पौखर देखेर मान्छेहरुले प्रशंसा पनि गर्नेछन् । मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने छ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । समयको अनुकूल प्रभावले लाभ एवम् सफलता प्राप्त हुँदा उत्साह तथा उमङ्ग बढ्नेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ । आज तीन अङ्क, हरिया रङ्गको प्रयोग र भगवान अर्धनारेश्वरको दर्शनभक्ति गर्नु शुभप्रद हुनेछ ।

वृष : आजको दिन पराक्रम बढ्ने छ । केही महत्वपूर्ण काम सम्पादन गरी पौरख देखाउन सकिनेछ । सही ढङ्गले समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता पनि हात लाग्नेछ । स्वकार्यबाट राम्रो उपलब्धि गर्न सकिने छ । व्यवसायिक क्षेत्रबाट राम्रो आर्थिक लाभ गर्न सकिने छ । आरोग्यता र कान्तिमा बृद्धि हुनाले अकर्षण पनि बढ्ने छ । रोकिएर रहेका काम पूरा गर्न सकिने छ । आज यहाँलाई हरियो रङ्ग, छ अङ्कको प्रयोग शुभ रहने छ भने शिव भगवानको श्रद्धाभक्ति उपयुक्त हुनेछ ।

मिथुन : आजको दिन शक्ति तथा विद्याको अहं योजना बनाएपनि गोचरले त्यति साथ दिएको देखिँदैन । फुर्ति गरी पासो पर्नसक्ने छ, काम फत्ते नभई व्यक्त नगरेकै राम्रो हुनेछ । मान्छेहरुको झ्यास्सै विश्वास गर्नाले पश्चाताप पर्नसक्ने सम्भावना छ होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । भाका तथा आश्वासन पूरा हुन गार्हो परेपनि संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्नसक्ने छ । आज यहाँलाई पाँच अङ्क, रातो एवं सेतो रङ्गको प्रयोग र गोचरबाधालाई न्यनताको प्रार्थना शिव भगवानसँग गर्नाले केही हद्सम्म राहत मिल्नसक्नेछ ।

कर्कट : आजको दिन धेरै अनुकूल मान्न अल्लि नसकिने खालको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले काम कार्यमा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजस दिन सक्नेछन् । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत मिल्नेछ । आज तपाईले जनव्यवहारमा आवश्यकभन्दा बढी सरोकार नराखेकै राम्रो हुनेछ । भइपरि आउने दैनिकी कामकार्यमा सत्चिन्तनको साथमा लाग्नु भएमा सम्भावित प्रतिकूलतालाई कम गर्न तथा केही लाभ प्राप्त गर्न सकिनेछ । आमा वा आमासमानकी व्यक्तित्त्वको मार्गदर्शन लिनु आज यहाँको लागि विशेष शुभप्रद हुनेछ ।

सिंह : आजको दिन दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद-प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्न सक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्नसकने सम्भावना छ भने प्रेमपारखीको लागि पनि दिन उत्तम छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने गौरिशङ्कर भगवानको दर्शनभक्ति गर्नुले भाग्ये बृद्धि गर्न मद्धत हुनेछ ।

कन्या : आजको दिन गोचरग्रह यहाँको पक्षमा रहेको छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । परीक्षा तथा प्रतिस्पर्धामा उत्तीर्ण तथा विजयी हुन सकिने दिन छ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी समय तथा अवसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्गको पनि सम्भावना देखिन्छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । समर्थन तथा सहयोग प्राप्त हुने र प्रशंसा पनि बढ्नेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग उपयुक्त हुनेछ भने भगवान श्रीगौरी शङ्ककरको ध्यान स्तुति गर्नुले थप सफलता मिल्ने छ ।

तुला : आजको दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि गरिहाल्न केही कठिनाई देखिएको छ । तथापि केही हद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि भैरवदेवको पूजा एवं दर्शनभक्ति गर्नु शुभप्रद हुनेछ । साथै आज तपाईँलाई एक अंक, रातो रङ्ग शुभ रहने छ ।

वृश्चिक : आज सामान्य कार्यलाई पनि बढिनै प्रयत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । बुद्धिको भरपुर प्रयोग गरेर अनावश्यक रुपमा धनको क्षति हुने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई हटाउन कोसिस गर्नुपर्ला । तीर्थ गमन वा मान्यजनको दर्शन भेटको लागि यात्रा गर्नुले खर्च योगको सदुपयोग हुनसक्ने छ । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग हितकर हुनेछ भने भगवान गौरीशङ्करको भक्तिभाव गर्नु विशेष हितकर हुनेछ ।

धनु : आजको दिन ग्रहको केही अबरोधको कारण मुख्य भनिएको काम प्रभावित हुन सक्ने देखिन्छ । त्यसको बाबजुत पनि दिनलाई सकारात्मक लिनसकिन्छ । अतिथि सत्कार गर्न पाइने सम्भावना छ । माङ्गलिक शुभकार्य सम्पादन हुने वा प्रसङ्ग चल्नसक्ने छ तथा नयाँ कुटुम्बिक सम्बन्ध विस्तार हुनसक्ने सम्भावना देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई केही आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने तथा उत्साह बढ्ने दिन छ । ग्रह अबरोधलाई न्यूनिकरण गर्न भैरवदेवको स्तुति गर्नु उपयुक्त हुनेछ ।

मकर : आजको दिन कामकार्यमा विघ्नबाधा, किंकर्तव्यविमूढता र अस्तवेस्तताको वातावरण सृजना हुनसक्ने छ । स्वास्थ्यमा कष्ट पर्ने तथा औषधोपचारमा सञ्चित धनको व्यय हुने सम्भावना छ । नसोचेको झमेला आइपर्ने र संघर्षले अल्पलाभ हुनसक्ने छ । उपर्युक्त केही प्रतिकूलताको बाजुत व्यवसायिक क्षेत्रमा चहलपहल बढी आकस्मिक लाभ हुनसक्ने छ । किंकर्तव्यविमूढता र अस्तवेस्तताको बाजुत केही काम सम्पादन हुनेछ । कसैकसैलाई नसोचेको झमेला आइपर्न पनि सक्नेछ ख्याल पुर्याउनु होला । आठ अङ्क, रातो रङ्गको प्रयोग इष्टदेवको साधना बढाउनाले सम्भावित ग्रहको प्रतिकूलतालाई कम गर्न मद्धत हुनेछ ।

कुम्भ : आजको दिन उच्चकोटीको मानसम्मान प्राप्त हुनसक्ने खालको छ । व्यक्तित्त्वको विकास हुने सुअवसर मिल्ने हुनाले समयको बढीभन्दा बढी सदुपयोग गर्नुहोला । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा ग्रहले राम्रो बल दिएको छ तथापि मनकारक ग्रह चन्द्रमा भने केही कमजोर रहेकोले त्यसको उपाय अवलम्बन गर्नु बुद्धिमानी तथा फापकर हुनेछ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल हुने छ भने चन्द्रमाको नाममा सेतो रङ्गको वस्तु दान गर्नु वा उपहार दिनु हितकर हुनेछ ।

मीन : आजको दिन सामान्यतया आफूभन्दा माथिल्लो निकायबाट केही दबाबपूर्ण व्यवहार नहोला भन्न सकिन्न तथापि दिन भाग्यप्रद रहने छ । मनमा सात्त्विक विचारले प्रसय पाउनाले धार्मिक एवम् आस्तिक भावना बलियो हुनेछ । आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्धत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने भगावना गौरीशङ्करको स्तुतिस्मरणको अभ्यासले अपयश जन्य स्थितिलाई हटाउन मद्दत हुनेछ ।

साइतः सूर्य धनु चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर दशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    लाभ बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     अमृत बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     काल बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    शुभ बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   रोग बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      उद्वेग बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     चर बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ