arrow

राष्ट्र संघको महासभामा पाकिस्तानी प्रधानमन्त्री जाने भएपछि मोदी तर्किए

अमेरिकाले सिरियाको प्रमुखताका साथ मुद्धा उठाउँदै, ओबामाको असली वर्ष

logo
प्रकाशित २०७३ असोज १ शनिबार
modi-tarkiye.jpeg
एजेन्सी । अमेरिकाले आउँदो साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा सिरियाको संघर्ष र जलवायु परिवर्तनको मुद्दालाई पहिलो प्राथमिकता दिने बताएको छ । 
 
अमेरिकी विदेश विभागका दक्षिण एसिया मामिलाका प्रवक्ता हेलेना व्हाइटले भनेका छन्, ‘सिरिया एक पहिलो मुद्दा रहनेछ । त्यसको अलावा जलवायु परिवर्तनको विषयमा अधिकांश मुलुकलाई साथमा लिनेबारे समेत छलफल हुनेछ ।’
 
उनले थपे, ‘हाम्रो प्रयत्न विश्वभर शरणार्थीलाई आर्थिक सहायता दिइनु पर्दछ भन्ने हो । हामी विश्वभरका मुलुक मिलेर आर्थिक सहायता र तीस प्रतिशतको जिम्मेवारी लिन सकियोस् भन्ने चाहानामा छौं । विश्वभर साढे ६ करोड शरणार्थी छन् । हामी उनीहरुका बच्चाको शिक्षामा समेत सहयता दिन चाहिरहेका छौं ।’
 
आउँदो साता विश्वभरका शीर्ष नेता न्यूयोर्कमा महासभाका लागि भेला हुनेछन् । अमेरिका र अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनका लागि यो खास वर्ष हो । ओबामाले आफुले अघि बढाएका कयौं विषयमा संयुक्त राष्ट्रसंघमा सहमति होस् भन्ने चाहेका छन् ।
 
प्रवक्ता व्हाइटले भनेका छन्, ‘यो वर्ष अमेरिकाले दश हजार सिरियाली शरणार्थीलाई स्वागत गरिसकेको छ । यो सुरुवाती संख्या हो । यसमा अद्यावधिक गर्नेबारे छलफल भइरहेको छ ।’
 
अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले शरणार्थीबाट खतरा रहेको बताउँदै आएका छन् । यस सन्दर्भमा प्रवक्ता व्हाइटले भनेका छ्, ‘केही व्यक्तिमा यस्तो त्रास छ की शरणार्थीमा केही आतंकवादी समेत छन् । हामीले यस विषयमा कयौं चाँज गरेका छौं ।’ राष्ट्र संघको महासभामा विचित्र के हुँदै छ भने, पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ न्यूयोर्क पुग्ने छन् भने, भारतीय प्रधानमन्त्री नवाज शरिफ गएकै कारण महासभामा जाने छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ