- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सुपरस्टार राजेश खान्नकी पुत्री ट्विंकल खन्ना आज ४८ औँ जन्मदिन मनाउँदै छिन् । ट्विंकल खन्नाले बबी देवलसँग सन् १९९५ मा फिल्म ‘बरसात’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।
ट्विंकल खन्नाले अक्षय कुमारसँग २००१ मा विवाह गरिन् । अक्षय र ट्विंकलले केही फिल्महरूमा सँगै काम गरे। एक अन्तर्वार्ताको क्रममा अक्षयले उनी र ट्विन्कल पहिलो पटक फिल्म फेयरको फोटोशूटमा भेटेको बताएका थिए। अक्षयले ट्विंकललाई हेर्न मन पराउँथे।
इंटरनेशनल खिलाडी फिल्मको सुटिङको क्रममा दुबैबीच प्रेम भयो। एक अन्तर्वार्तामा, ट्विंकलले भनेकी छन् जब उनले अक्षयलाई डेटिङ गर्न थालिन्, उनी लामो सम्बन्धबाट बाहिरिइन् र कसैसँग केही दिन रमाइलो गर्न चाहन्थिन्।
ट्विंकलका अनुसार उनले अक्षयलाई केवल १५ दिनको लागि आफ्नो प्रेमी बनाएकी थिइन्। यस्तो अवस्थामा दुवैले केही समयसँगै बिताएपछि विवाह गर्ने निर्णय गरे।
एक अन्तर्वार्तामा अक्षयले भनेका छन्- जब उनी ट्विंकलको हात माग्न आमा डिम्पल कपाडियालाई भेट्न गए तब डिम्पलले उनी समलिङ्गी नै हुन् भन्ने सोचिन् र उनले आफ्नी छोरीको जीवन बिगार्न सक्छन्।
यसै कारण डिम्पलले एक बर्सपछि विवाह गरिदिने सर्त राखिन् । अन्ततः अक्षय-ट्विंकल एक वर्ष पछि विवाह भयो। विवाह पछि, ट्विंकलले उनको फिल्म क्यारियरबाट बिदा लिइन् ।
ट्विंकलले भनेकी छन् , 'अक्षयले मलाई प्रपोज गरेका थिए । मैले हुन्छ भने , तब उनी मेरो आमासँग हात माग्न आए । जब मैले अक्षयसँग विवाह गर्ने बताए ,तब वहाँले अचम्म मान्नु भयो । मेरा एक जना पत्रकार मित्र सन्दीपले मलाई अक्षय गे रहेको बताएका थिए । तर मलाई यस कुरामा सत्यता लागेको थिएन। मैले यो कुरा आमासँग शेयर पनि गरेको थिए । त्यसैले आमाले भन्नुभयो अक्षय र म एक वर्ष सम्मसँगै बस्नु पर्नेछ , त्यसपछि के गर्ने त्यसको निर्णय हुनेछ । हामीले एक वर्ष सँगै बितायौ त्यसपछि हाम्रो विवाह भयो ।'