arrow

नेपालमा बढ्यो कोरोनाको रफ्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
corona-omicron-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको रफ्तार बढेको छ । गत शनिबार शून्य तथा आइतबार २ जना र सोमबार १ संक्रमित थपिएकामा मंगलबार एकैदिन आठ जना बढेका थिए । 

बुधबार भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जानकारी नै दिएन । बिहीबार एकैदिन १४ जना संक्रमित थपिएका छन् । 

३१९ पीसीआर परीक्षणबाट १४ संक्रमित पाइएका हुन् । यो परीक्षणको ४.३९ प्रतिशत हो । योसँगै सक्रिय संक्रमित बढेर २७ पुगेका छन् । 

पछिल्लो समय कोरोनाका लक्षणसँग मिल्ने भाइरल रुघाखोकीसँगै चिसोको लहर पनि बढेकाले धेरैजसो बिरामीहरु परीक्षण गराउनुको सट्टा घरमै आराम गरेर बसेको जनाइन्छ । 

छिमेकी देशहरु भारत र चीनमा कोरोनाको नयाँ भेरियन्टले संक्रमण तीव्र गतिमा बढिरहँदा नेपालमा पनि खतरा देखिएको छ । 

१३ हजार ३३८ जनाले खोप लगाएका छन् । मन्त्रालयले दुई डोज खोप लगाएकालाई बुस्टर डोज लगाउन आग्रह गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ