arrow

बलवान समय

प्रचण्डलाई चलाउन बन्यो उच्चस्तरीय समिति, केपी ओली संयोजक

नेकपा कालमा ओली प्रधानमन्त्री हुँदा प्रचण्डले पनि आफ्नो भूमिका खोज्दै यस्तै संयन्त्र बनाउन खोज्दा विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
prachanda-gathabandhan-oli-lingden-ravi.jpg

काठमाडौं । सरकार सञ्चालनको लागि उच्चस्तरीय राजनीतिक समिति बनेको छ । सरकारको काम कारवाहीलाई सहयोग र समन्वय गर्नका लागि पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ । 

बिहीबार बेलुकी सम्पन्न गठबन्धन दलहरुको बैठकले ओलीको संयोजकत्वमा सो संयन्त्र गठन भएको हो । सो संयन्त्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन् । 

तत्कालीन नेकपा कालमा ओली प्रधानमन्त्री हुँदा प्रचण्डले पनि आफ्नो भूमिका खोज्दै यस्तै संयन्त्र बनाउन खोज्दा विवाद भएको थियो । तर अहिले प्रचण्ड नेतृत्वको सरकार सञ्चालनका लागि ओली संयोजक रहेको राजनीतिक संयन्त्र बनेको हो । ओलीकै समर्थन र सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले ओलीको नेतृत्व स्वीकार गरेका छन् । 

यसैगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा समिति बनाइएको छ । त्यसमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा सदस्य रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ