arrow

वाम शक्ति निर्माणको पक्षमा नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तिक्तकाबीच पार्टी फुटाएर बाहिरिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै  एकीकृत वाम शक्ति निर्माणको पक्षमा उभिएका छन् । 

बिहीबार पार्टी निकटका पदाधिकारीको बैठकमा पार्टीलाई नयाँ गतिमा अघि बढाउन एकीकृत वाम शक्ति निर्माण गर्नुपर्ने धारणा नेपालले राखेका छन् ।

अध्यक्ष नेपालले समान विचार भएका वाम शक्तिको ध्रुवीकरणले राजनीतिक स्थिरता कायम भई देश र जनताको हितमा क्रियाशील रहन सहयोग पुग्ने बताए । 

उनले तत्काल आफ्नो पार्टी एकताका विषयमा कुनै दलसँग छलफल नभएको पनि सुनाए  । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टी तत्कालीन परिस्थितिमा विद्रोहबाट निर्माण भएकाले त्यसको औचित्य पुष्टि गर्न आफू तत्पर रहेको बताए । 

उनले आफ्नो पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयमा निर्णय नभएको जानकारी दिँदै स्थायी कमिटीको बैठकबाट सो विषयमा टुङ्गो लगाइने बताए । वर्तमान सरकारले गर्ने राम्रा कामलाई सरकार बाहिर भए पनि समर्थन गर्ने उनको भनाइ थियो । 

यसैबीच प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी र जसपालाई सरकारमा ल्याउने कसरत गरेका छन् । उनीहरूलाई सरकारमा ल्याउन प्रचण्ड सक्रिय भएका हुन् ।  प्रचण्ड र ओली एकै ठाउँमा पुगेपछि नेपाल दोधारमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ