arrow

नेकपा एसलाई एमालेमा फर्कन नदिने प्रदीप ज्ञवालीको जिकीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
pradip-gyawali-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एमालेले एकीकृत समाजवादी पुरानै घरमा फर्काउन पहल गरिरहेका हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन् ।

डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई फेरि पुरानै घरमा फर्काउन आन्तरिक छलफल भइरहेको बताइँदा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले फेसबुकमा लेखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन् ।

 ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुने छैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ