arrow

अन्तिममा नेयमारले पेलेलाई भने- उहाँलाई धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
pele-naymer.jpg

काठमाडौं ।  महान् फुटबल खेलाडी पेलेलाई ब्राजिलका स्टार खेलाडी नेयमारले धन्यवाद भनेका छन् । पेलेको निधनपछि नेयमारले श्रद्धाञ्जली दिँदै धन्यवाद भनेका हुन् । 

पेलेले काला मानिसका लागी एक रोल मोडेल थिए । उनले ब्राजिललाई दृश्यता दिएको लेख्दै  पेलेलाई नेयमारले धन्यवाद दिएका हुन्  ।

ब्राजिलका स्टार खेलाडी नेयमारले लेखेका छन्, ‘पेले अघि फुटबल एउटा खेल मात्र थियो । पेलेले सबै कुरा परिवर्तन गरेका छन् । उनले फुटबललाई कला र मनोरञ्जनमा परिणत गरे। गरिबलाई आवाज दिनुभयो । कालो मान्छे को लागी एक रोल मोडेल बन्नुभयो। विशेष गरी उहाँले ब्राजिललाई दृश्यता दिए। उहाँलाई धन्यवाद। उहाँ जानुभयो, तर उहाँको जादु अझै कायम छ।'

पेलेले आफ्नो करियरमा ९२ खेल खेलेका छन् र ७७ गोल गरेका छन् । नेयमार ब्राजिलका लागि उनीपछिको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । नेयमारले ७७ गोल गरेका छन् ।

कतार विश्वकपको समय पेलेले नेयमारलाई आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा बधाई दिएका थिए ।



नयाँ