arrow

पेले बितेपछि मेस्सी र एमबाप्पेले के भने ?

'उनको विरासतलाई कहिल्यै भुल्ने छैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
messi-ambapey-pele.jpg

काठमाडौं । फुटबलका राजा पेलेको निधनमा धेरै दिग्गजहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । फिफा विश्वकपमा अर्जेन्टिनालाई तेस्रो पटक उपाधि जिताउने लियोनल मेस्सीले  पेलेसँगका केही तस्बिर सेयर गरेका छन् । पोस्टमा 'रेस्ट इन पिस' लेखेका छन् ।

फ्रान्सलाई लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुर्‍याएका केलियन एमबाप्पेले पेलेलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले पेलेसँगका केही तस्बिरहरू इन्स्टाग्राममा सेयर गरेका छन् । साथै पोस्टमा लेखेका छन्, 'फुटबलका राजाले हामीलाई छोडेर गए, तर उनको विरासतलाई कहिल्यै भुल्ने छैन।'

पेलेलाई २०२१ मा ट्युमर भएको पत्ता लागेको थियो र त्यस बेलादेखि उनी केमोथेरापी लिइरहेका थिए । पेलेले आफ्नो करियरमा १ हजार २ सय ७९ गोल गरे पनि तीन वटा फिफा विश्वकप जित्न सफल भएका थिए। पेलेको बिहीबार साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको हो 



नयाँ