arrow

'पेलेको विरासतलाई कहिल्यै भुल्ने छैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
pele.JPG

काठमाडौं । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले पेलेको विरासतलाई कहिल्यै नभुल्ने बताएका छन् । विश्वका उत्कृष्ट खेलाडी पेलेको निधनमा एमबाप्पेले यस्तो बताएका हुन् । 

फ्रान्सलाई लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुर्‍याएका केलियन एमबाप्पेले पेलेलाई श्रद्धाञ्जली दिँदै पेलेसँगका केही तस्बिरहरू शेयर गरेका छन् । 

साथै लेखेका छन्, 'फुटबलका राजाले हामीलाई छोडेर गए, तर उनको विरासतलाई कहिल्यै भुल्ने छैन।'

क्यान्सरसँग लडिरहेका पेलेको बिहीबारमा निधन भएको हो पेलेले तीन पटक फिफा विश्वकपको उपाधि जितेका छन् । यस्तो गर्ने उनी विश्वकै एक मात्र खेलाडी हुन् । उनले जम्मा ४ वटा विश्वकप खेलेका छन् । तीमध्ये तीन वटा जितेका छन् । 

कतार विश्वकप फुटबल २०२२ मा सबैभन्दा धेरै आठ गोल गरेर एम्बाप्पेले गोल्डेन बुट पाएका थिए। 



नयाँ