arrow

प्रदेश १ मा देउवा पक्ष सबैभन्दा कमजोर, संसदीय दलमा सिटौला पक्षका उद्धवले मारे बाजी  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
uddav-karki-pradesh1.jpg

मोरङ । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । आज बिहान भएको निर्वाचनमा उद्धवले केदार कार्की र अमृत अर्याललाई भारी मतले हराएका हुन् । उद्धवले १८ मत पाउँदा केदारले ९ तथा अमृतले मात्र २ मत पाएको निर्वाचन समितिका रमेशजंग रायमाझीले जानकारी दिए । 

प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए । उद्धव कांग्रेसको कृष्णप्रसाद सिटौला गुटका हुन् । उनी प्रदेश सभापति पनि हुन् । 

त्यसैगरी केदार शेखर कोइराला समूहका हुन् भने अमृत संस्थापन पक्षका हुन् । अमृत केन्द्रीय सदस्यसमेत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ