arrow

नेपालमा कोरोना बढ्दो क्रममा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ । शुक्रबार चार जना नयाँ संक्रमित थपिएका छन् । ३३७ जनाको पीसीआर परीक्षण उक्त संख्यामा संक्रमित पाइएका हुन् । 

बिहीबार एकैदिन १४ संक्रमित थपिएका थिए । पछिल्लो समय संक्रमण दर बढ्दो क्रमण दर बढ्दो छ । 

छिमेकी देशहरुमा कोरोनाको नयाँ भेरियन्ट ब्यापक रुपमा फैलिएसँगै सावधानी अपनाउनु पर्ने भएको छ । तर सरकारले अहिलेसम्म सावधानीका लागि कुनै पनि पहल गरेको छैन । 

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २९ पुगेको छ । 

कोरोनाले अहिले सबैभन्दा बढी क्षति जापानमा गरिरहेको छ । जहाँ आजमात्रै १ लाख ४८ हजार ७८४ संक्रमित थपिएका छन् । ३२६ जनाको ज्यान गएको छ । 

हिजो ४२० जनाको ज्यान गएको थियो भने १ लाख ९२ हजार ६३ संक्रमित थपिएका थिए । हिजो विश्वभर ५ लाख ७ हजार ५३३ संक्रमित थपिँदा १ हजार ७३० को ज्यान गएको वल्डोमिटर्सले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ