arrow

अमेरिकी सैन्य आक्रमणमा कम्तीमा ६२ सिरियाली सेनाको मृत्यु

logo
प्रकाशित २०७३ असोज २ आइतबार
syria.jpeg
काठमाडौं । अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा परी पश्चिमी सिरियामा ६२ जना सिरियाली सैनिक मारिएको रुसी सेनाले जनाएको छ ।
 
अमेरिकाले आफूहरुको आक्रमणमा सिरियन सैनिक परेको जानकारी भए पनि देइर अल जोउरको आक्रमण स्थगन गरिएको जनाएको छ ।
 
अमेरिकी प्रशासनका प्रवक्ताले असावधानीवश हुन गएको उक्त घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
 
सिरिया संकटकै बारेमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बोलाइएको छ । 
 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको आडमा सिरियन विद्रोहीहरु एकजुट हुँदै शक्तिसञ्चयमा लागेको र उनीहरुलाई अमेरिकाले सघाइरहेको आरोप लगाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ