arrow

भाडा तिर्न नसकेपछि ट्विटरविरुद्ध मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
elonmusktwitter.PNG

काठमाडौं । अर्बपति एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी ट्विटरले सान फ्रान्सिस्कोमा रहेको आफ्नो कार्यालय ठाउँको भाडा तिर्न नसकेपछि कम्पनीविरुद्ध मुद्दा दायर गरिएको ब्लुमबर्गले जनाएको छ। 

घरधनी, कोलम्बिया रीट ६५० क्यालिफोर्निया एलएलसीले डिसेम्बर १६ मा कम्पनी लीजमा डिफल्ट हुने खतरामा रहेको चेतावनी जारी गर्दै ट्विटरमा एक सूचना पठाएको थियो । ट्विटरले हार्टफोर्ड बिल्डिङको ३० औं तलामा अफिस स्पेस भाडामा लिएको छ।

कोलम्बिया रेटले अब सान फ्रान्सिस्को अदालतलाई भाडामा लिने ट्विटरले भुक्तानी गर्न असफल भएको बताएको हो।

न्यूयोर्क टाइम्सले डिसेम्बर १३ मा ट्विटरले आफ्नो मुख्यालय र केहि अन्य वैश्विक कार्यालयहरूको लागि हप्तौं भाडा तिर्न असफल भएको जनाएको थियो । ट्विटरले हालै दुई चार्टर्ड उडानहरूको लागि भुक्तानी नगरेकोमा समेत मुद्दा खेपिरहेको छ।

एलन मस्कले टेकओभर गरेदेखि नै ट्विटर चर्चामा छ। सुरुमा कयौं कर्मचारी हटाएको ट्विटरले अहिले व्यवस्थापनसँग संघर्ष गरिरहेको छ।

एलन मस्कको नेतृत्वमा रहेका अन्य दुई कम्पनी टेस्ला र स्पेसएक्सका लगानीकर्ताहरूले ट्विटरमा मस्कको ध्यानाकर्षणले यी दुई कम्पनीहरूलाई उपेक्षा गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ