arrow

सैन्य विमानस्थल विस्फोटमा १० जनाको मृत्यु, आठ गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
explosion-kabul-airport.jpg

काबुल । अफगानिस्तानको काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तीमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बताएको छ । 

तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको र  यसको जिम्मेवारी कसैले  नलिएको बताएका छन् । 

उत्तरी तखार प्रान्तको राजधानी तालुकान शहरमा बुधबार भएको विस्फोटमा चार जना घाइते भएको तीन दिनपछि यो अर्को विस्फोटको घटना हो ।

तखारमा तालिवान सुरक्षा कमाण्डर अब्दुल मुबिन साफीले विस्फोटको पुष्टि गर्दै स्थानीय प्रशासनिक कर्मचारीको डेस्कमुनि बम राखिएको जानकारी दिएका छन् । 

पछिल्ला केही महिनाहरूमा युद्धग्रस्त काउन्टीमा विस्फोट लगायतका सुरक्षा घटनाहरू बढ्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ