arrow

चिसो बढेको समयमा यस्तो हुनेछ यो साता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
horoscope-weekly-anytime.jpg
तस्बिर – फाइल ।

साप्ताहिक फल : चिसो बढेको छ । चिसोमा हुने विभिन्न रोगलेसमेत सताउन थालेको छ । विशेषगरी बालबालिका तथा वृद्धवृद्धाले सावधानी अपनाउनु पर्ने हुन्छ । यही मौसमबीच यस्तो हुनेछ साप्ताहिक राशिफल

साप्ताहिक राशिफल :

मेष : यो साता चन्द्रमा ले तपाईको राशिबाट प्रथम स्थान, द्वितीय र तृतीय स्थान गोचर गर्नेछन् । आइतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित हुनेछन् । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम सम्बन्ध सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा विभिन्न बाधा एवं समस्याहरु देखिन सक्नेछन् । चुनौतिहरु लाई पार लगाउँदै पढाईमा मन लगाउनु जरुरी छ । मंगलबार र बुधबार भने तपाईका लागि कमजोर दिन रहनेछन । यि दिनहरुमा अनावश्यक खर्च बढन सक्नेछ । मेष राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्ता अस्थिर, रंग गाढा रातो, दिन मंगलवार, राशिस्वामी मंगल, स्वभाव चञ्चलता र उग्र, संगत गर्ने योग्य राशि सिंह र धनु, भाग्य अंक १ र ८ ।

वृष : यो साता चन्द्रमाले द्वादश, प्रथम र द्वितीय स्थानको गोचर गर्नेछन । कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । सामाजिक एवं राजनीतिक क्षेत्रमा समेत तपाईको उचाई बढ्नेछ । तपाईका विरोधीहरुको मनोबल कमजोर रहने देखिन्छ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुःखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । साताका अन्त्य तिरका दिनहरु शुक्रबार र शनिबार भने अनावश्यक धन खर्च हुने एवं चिन्ता बढ्ने योग छ । यी दिनहरुमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । वृष राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता स्थिर, रंग नीलो, दिन शुक्रवार र सोमबार, राशिस्वामी शुक्र, स्वभाव शान्त एवं एकदम उग्र । संगत गर्ने योग्य राशि कन्या र मकर, भाग्य अंक ४, १०, ११ र १२ ।

मिथुन : यो साता उत्तम रहनेछ । यो साता चन्द्रमाले तपाईको एकादश, द्वादश र प्रथम स्थानमा गोचर गर्नेछन । यो साता तपाईको व्यस्तता बढ्नेछ । परिश्रम अनुसार सफलता हात लाग्दा मन प्रफुल्ल बन्नेछ । प्रशस्त धन आर्जन हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। नोकरी गर्नेहरुका लागि साता सफल रहनेछ । कामको जिम्मेवारी बढ्न सक्नेछ । पारिवारिक जीवन सुमधुर रहनेछ । सुख दुखमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा प्रतिकुल समय देखिन्छ । मन चञ्चल भएर पढाईमा ध्यान केन्द्रित नहुन सक्छ, सचेत रहनुहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो हुनेछ । मिथुन राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंकः ३ र ६ ।

कर्कट : यो साता चन्द्रमा ले तपाईको अष्टम, नवम, र दशम स्थानमा गोचर गर्नेछन । समग्रमा कर्कट राशिका लागि यो साता मिश्रित रहेको छ । व्यर्थमा मानसिक चिन्ता बढ्न सक्नेछ । स्वास्थ्य कमजोर हुने एवं नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । बुधबार देखि चन्द्रमाको गोचर भाग्य स्थानमा हुने हुनाले अवस्थामा सुधार हुनेछ । धार्मिक एवं सामाजिक कार्यमा तपाईको रुचि बढ्नेछ । तपाईको परिश्रमको उचित मुल्य प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ र धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि सकारात्मक रहनेछ । परिवारमा सामान्य विवादहरु देखिन सक्नेछन । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तुलनात्मक रुपमा आइतबार र सोमबार कमजोर दिनहरु रहेका छन् । पारिवारिक समस्या देखिनेछ, अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारी चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । कर्कट राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमवार र बिहीवार, राशिस्वामी चन्द्र, संगत गर्ने योग्य राशि वृश्चिक र मीन, भाग्य अंक ४ ।

सिंह : यो साता चन्द्रमाले तपाईको राशिबाट सप्तम स्थान, अष्टम, र नवम भावको गोचर गर्नेछन् । तपाईका लागि साताको शुरुवातका दिनमा साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । तपाईको सामाजिक दायरा फराकिलो बन्दै जानेछ । भोग विलास एवं विपरितलिंगीका साथीको लाखि खर्च बढ्नेछ । मंगलबार र बुधबार अष्टम भावमा चन्द्रमाको गोचरका कारण वादविवादमा पर्न सकिनेछ । आफ्नो बोली र व्यवहारमा संयमता अपनाउनु होला । अन्य दिनहरु भने शुभ रहेका छन । धन लाभ हुनेछ । सरकारी क्षेत्रबाट साथ र सहयोग मिल्न सक्नेछ । आफ्ना साथीभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइँका पक्षमा आउने योग देखिन्छ । संह राशिको स्थायी कुराः तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, राशिस्वामी सूर्य, संगत गर्ने योग्य राशि मेष र धनु, भाग्य अंक ५ ।

कन्या : यो साता चन्द्रमाको गोचर तपाईको राशिबाट षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता मिश्रित रहेको छ । तपाईका विरोधीहरु पछि पर्नेछन् । तपाईको कार्य क्षमता घट्न सक्नेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशिल भएर कार्य गर्न कठिन हुने देखिन्छ । तर मंगलबार, बुधबार र बिहिबार भने तपाईका लागि सबल रहेका छन । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । यो साता कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुन सक्नेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । शुक्रबार र शनिबार भने स्वास्थ्य कमजोर हुने एवं धनखर्च बढ्न सक्नेछ । कन्या राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि वृष र मकर, भाग्य अंक ३ र ६ ।

तुला : यो साता चन्द्रमाको गोचर तपाईको राशिबाट पञ्चम, षष्टम र सप्तम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता सबल रहनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईको मन जानेछ । उच्च स्तरकमा बौद्धिक व्यक्तित्वहरु सँग सहकार्य गर्न अवसर जुट्नेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आर्थिक अवस्था मिश्रित रहने देखिन्छ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवनमा सामान्य समस्याहरु देखिन सक्नेछन । जीवनसाथीबाट भने सुखदुखमा राम्रो साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुन आवश्यक छ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । तुला राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता अस्थिर, रंग नीलो, दिन शुक्रबार, राशिस्वामी शुक्र, संगत गर्ने योग्य राशि मिथुन र कुम्भ, भाग्य अंक २ र ७ ।

वृश्चिक : यो साता चन्द्रमाले तपाईको राशिबाट चतुर्थ, पञ्चम र षष्टम भावमा गोचर गर्नेछन् । आइतबार र सोमबार घरपरिवारका कारण केहि चिन्ता बढनेछ । आफ्नो बोलीका कारण परिवारका सदस्यसँगको दुरी बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको रचनात्मक विचार एवं सिर्जनशीलताको प्रतिष्ठित व्यक्तित्वहरु बाट सराहना हुनेछ । धार्मिक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ । विद्यार्थीको पढाई मन जानेछ । तपाईको परिश्रम अनुसार नै अंक प्राप्त हुने योग छ । आईतबार र सोमबार तपाईका लागि कमजोर दिनहरु भएकाले कुनैपनि महत्वपूर्ण कार्यको शुरुवात यी दिनहरुमा नगर्न उत्तम हुनेछ । मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । वृश्चिक राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता स्थिर, रंग रातो, दिन मंगलवार, राशिस्वामी मंगल, संगत गर्ने योग्य राशि कर्क र मीन, भाग्य अंक १ र ८ ।

धनु : यो साता चन्द्रमाले तपाईको राशिबाट तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन् । यो साता तपाईको साहस तथा पराक्रम बढ्नुका साथै हरेक कार्यमा आत्मविश्वास उच्च रहनेछ । आर्थिक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवसायमा उतारचढावहरु देखिन सक्नेछन् । तर मंगलबार र बुधबार भने घरपरिवारका कारण चिन्ता बढ्न सक्नेछ । तर पनि जीवनसाथीको सहयोगले आत्मविश्वास भने कायम नै रहनेछ । नोकरी गर्नेहरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ । यो साता प्रेम सम्बन्ध मिश्रित रहनेछ । नयाँ व्यक्ति सँग प्रेम सम्बन्ध स्थापित हुन सक्नेछ । विद्यार्थीको पढाईमा पनि मध्यम अवस्था रहनेछ । सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक देखिन्छ । पारिवारिक खटपटको अवस्थासमेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । धनु राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्त द्विस्वभाव, रंग पहेलो, दिन बिहीबार, राशि वामी बृहस्पति, संगत गर्ने योग्य राशि मेष र सिंह, भाग्य अंक ९ र १२ ।

मकर : यो साता चन्द्रमाले तपाईको राशिबाट द्धितीय, तृतीय र चतुर्थ भावमा गोचर गर्नेछन् । यो साता धन स्थानमा चन्द्रमाको गोचरका कारण व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ । धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजशहरु आईलाग्न सक्नेछ । प्रेम सम्बन्ध सकारात्मक रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । शुक्रबार र शनिबार भने कमजोर रहेका छन् । यी दिनहरुमा कुनै पनि महत्वपूर्ण कार्यको शुरुवात नगर्नु एवं लगानी नगर्नु उत्तम हुनेछ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । मकर राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग कालो, दिनः शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि वृष र कन्या, भाग्य अंक १ र २ ।

कुम्भ : यो साता चन्द्रमाले तपाईको राशिबाट प्रथम, द्धितीय र तृतीय भावको गोचर गर्नेछन् । शिरमा चन्द्रमाको प्रभावले तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो तपाईको आत्मसम्मान उच्च रहनेछ तर कतिपय कार्यमा हतार मा निर्णय हुनसक्छ र पछि समस्या आउन सक्छ । परिवारमा उचित सल्लाह एवं छलफल गरि निर्णय गर्नु उत्तम हुनेछ । आर्थिक अवस्था सामान्य रहनेछ । व्यापार व्यवसाय बाट पनि मिश्रित लाभ मिल्नेछ । विशेष गरि सञ्चार तथा प्रविधिसँग सम्बन्धित क्षेत्रको कारोबारबाट बढि लाभ हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहने देखिन्छ । कार्यस्थलमा तपाईको कार्यको सराहना हुनेछ । विद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद् रहनेछ । विशेष गरि आफ्नो जीवनसाथीबाट भरपुर साथ र सहयोग हुनेछ । प्रेमीसँग सामान्य मतभेदहरु देखिन सक्नेछन । कुम्भ राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता स्थिर, रंग कालो, दिन शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि मिथुन र तुला, भाग्य अंक २ र १ ।

मीन : यो साता चन्द्रमाले तपाईको राशिबाट व्यय स्थान, प्रथम र धन स्थानको गोचर गर्नेछन् । साताको शुरुका दिन आईतबार र सोमबार विना कारण दौडधूप हुन सक्नेछ । खर्च बढ्नेछ भने मानसिक चिन्ता देखिन सक्नेछ । काम बिग्रनाले नैराश्यता बढ्नेछ । तर मंगलबारदेखि चन्द्रमाको गोचर प्रथम भावमा पर्ने हुनाले अवस्थामा सुधार आउनेछ । सिर्जनात्मक एवं तार्किक क्षमता बढ्नेछ । अप्ठ्यारो परिस्थितिसँग जुध्न सक्नुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने एवं बचत पनि हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । यो साता परिवारका सदस्य बीच एकआपसमा विवाद देखिन सक्नेछ । जीवनसाथीसँग सामान्य सम्बन्ध रहनेछ । सुमधुर सम्बन्धका लागि जिम्मेबार हुनु आवश्यक देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । विद्यार्थीका लागि अध्ययन कार्यमा मन जानेछ । तपाईको परिश्रम अनुसार नै सफलता मिल्ने योग छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । मीन राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता द्विस्वभाव, रंग पहेलो, दिन गुरुवार, राशिस्वामी गुरु, संगत गर्ने योग्य राशि कर्क र वृश्चिक, भाग्य अंक ९ र १२ ।

(नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)


 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ