arrow

भारत अधिनस्थल काश्मिरमा आक्रमण, १७ सैनिकको मृत्यु

logo
प्रकाशित २०७३ असोज २ आइतबार
kasmirattack.jpeg
श्रीनगर (भारत)। भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । सैनिकको उत्तरी कमाण्डले सो जानकारी दिएको छ । 
 
यस आक्रमणको क्रममा उरीस्थित सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्यु भएको छ । यस आक्रमणमा १७ सैनिकले आफ्नो बलिदान दिएको सैनिकको उत्तरी कमाण्डद्धारा ट्वीटरमार्फत जानकारी दिएको छ । 
 
भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट १ सय किलोमिटर पश्चिममा यस उरी क्षेत्र पर्ने बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ