- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अब आईएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ। भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ आईएमई पेले एपमा यो सेवा थप गरेको जनाएको छ।
यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आईएमई पे एपमा थपिने भएको हो । अंग्रेजी नयाँ वर्षका अवसरमा कम्पनीले यो फिचर सार्वजनिक गरेको हो ।
विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नुका साथै प्रयोगकर्ताले एपमा रहेको रकममा ७.१३ प्रतिशत ब्याज कमाउन सकिनेजस्ता नवीनतम सेवा–सुविधा आईएमई पे एपमा उपलब्ध छन् ।
पुराना प्रयोगकर्ताले एप अपडेट भएपछि र नयाँ प्रयोगकर्ताले प्लेस्टोर वा एपस्टोरबाट आइएमई पे एप डाउनलोड गरेपछि एपभित्र आफ्नो प्रोफाइलको दायाँपट्टि रहेको इएन संकेतबाट नेपाली भाषा रोज्न सकिनेछ ।