arrow

मेस्सी बिनाको पीएसजीको दश महिनामा पहिलो हार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
psg-mbappe.jpg

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी विगत १० महिनामा पहिलो हार बेहोर्न बाध्य भएको छ । मार्च यता पहिलो पटक पराजित हुने क्रममा फ्रेन्च लिग वानमा पीएसजीले लेन्ससँग आइतबार राति ३–१ को हार बेहोर्न बाध्य भएको हो । 

स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पीएसजी फिनिसिङमा चुकेको थियो । केलियन एम्बाप्पले पूरा समय खेले पनि आफूलाई गोलमेसिनका रुपमा प्रमाणित गर्न सकेनन् । 

दोस्रो स्थानको लेन्स पछिल्लो १७ खेलमा जम्मा एक खेलमा हार बेहोरेको छ । क्रिस्टोफ गाल्टियरको पीएसजी भन्दा लेन्स जम्मा चार अंकले पछि छ । लेन्सको जितमा लुइस ओपेन्डाले एक गोल गरेभने एक गोलको अवसर सृजना गरेका थिए । 

खेलको पाँचौ मिनेटमा फ्राङ्कओस्कीले भलि बललाई गोलमा परिणत गरेका थिए । हुगो इकिटिकेले बराबरी गोल गरे फर्काए । २८औं मिनेटमा रक्षक मार्किन्होसलाई बिट गर्दै ओपेन्डाले २–१ को अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमै एलेक्सिस क्लाउडे मौउरिसले तेस्रो गोल गरेका थिए । 

यसअघि पीएसजी मार्च २० मा मोनाकोसँग ३–० ले पराजित भएको थियो । १० दिनपछि पीएसजीले च्याम्पियन्स लिगमा स्पेनिश क्लब रियाल मड्रिडको सामना गर्दैछ । 

उक्त खेलका लागि मेस्सी र नेयमार हुने अपेक्षा गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ