- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई भेट्न एक फ्यानले साइकलमा एक हजार किलोमिटरको यात्रा गरेका छन् ।
समिर नाम गरेका ती फ्याले आफ्नो गृह नगर जबलपुरबाट साइकलमा एक हजार किलोमिटरभन्दा बढी यात्रा गरी मुम्बई पुगेका थिए ।
सलमानले समिरसँग भेट गरेर तस्बिर समेत खिचाएका छन् । सलमान प्रति समीरको क्रेजको यसबाट अनुमान लगाउन सकिन्छ ।
समीर बाल्यकालदेखि नै सलमान खानका ठूला फ्यान हुन् । समीर जाडो मौसममा जबलपुरबाट २२ डिसेम्बरमा साइकल चढेर २९ डिसेम्बरमा मुम्बई पुगेका थिए।
सलमान खान हालै आफ्नो ५७ औँ जन्मदिन मनाएका छन् । सो अवसरमा सबै फ्यानहरू उनको घरबाहिर पुगेका थिए ।
सलमानले उनीहरूलाई निराश पनि गरेनन् । उनले आफ्नो घर ग्यालेक्सी अपार्टमेन्टको बालकनीबाट सबैलाई धन्यवाद दिएका थिए।
सो समय अपार्टमेन्ट बाहिर फ्यानहरूको ठुलो भीड जम्मा भएको थियो । सलमानको घरबाहिर भीड बढेसँगै नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो ।