arrow

हैजाको प्रकोप भएको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
cholera.jpg
तस्बिर – फाइल ।

बुजुम्बुरा । बुरुन्डीमा हैजा प्रकोप घोषणा गरिएको छ । बुरुन्डीका जनस्वास्थ्य तथा एड्स नियन्त्रण मन्त्री सिल्वी न्जेइमानाले पूर्वी अफ्रिकी देशको वाणिज्य राजधानी बुजुम्बुरामा हैजाको प्रकोप भएको घोषणा गरेका हुन् । 

सन् २०२२ को डिसेम्बरमा व्यावसायिक राजधानी बुजुम्बुराको उत्तरी जिल्लामा पखाला र बान्ताका लक्षणहरू सहित नौ जना व्यक्तिहरूमा हैजा पुष्टि भएको थियो। 

त्यसैगरी अर्को मुताकुरामा पनि केही व्यक्तिहरूमा हैजा देखिएको र सङ्क्रमणका घटनाहरू बढ्दै गएपछि रोकथामका उपायहरू अपनाइएको थियो ।

उनका अनुसार संक्रमित घरपरिवारलाई कीटाणुरहित गर्ने, महामारी फैलिने जोखिमबारे समुदायलाई सचेत गराउने र अपनाउनुपर्ने आचरण र समुदायमा अन्य हैजाका बिरामीको खोजी गर्ने कार्य गरिएको थियो। 

डिसेम्बर २६ देखि डिसेम्बर ३१ सम्म बुजुम्बुरा र यसको वरपरका धेरै ठाउँहरूमा भारी वर्षा हुँदा शौचालयहरू ओभरफ्लो भएका कारण हैजाको प्रकोप देखापरेको बताइएको छ । बुरुन्डीको स्वास्थ्य मन्त्रालयले रोगको प्रकोपपछि बुजुम्बुरामा सडकमा पकाइएको र कच्चा खाद्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाएको छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ