arrow

आक्रमणकारीलाई कडा सजाय दिने मोदीको अठोट

logo
प्रकाशित २०७३ असोज २ आइतबार
modi-new-pic.jpg.jpeg
नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अधिनस्थल कश्मिरमा सरकारी सेनामाथी भएको आक्रमणको कडा शव्दमा निन्दा गरेका छन् । 
 
भारत अधिनस्थ काश्मिरको उरीमा रहेको सैनिक प्रधान कार्यालयमा १७ जना भारतीय सेनाको ज्यान जानेगरी भएको आक्रमणलाई प्रधानमन्त्री मोदीले अमानवीय र क्रुर घटनाको संज्ञा दिएका छन् । 
 
“क्रुर आतङ्ककारीहरुद्वारा काश्मिरमा गरेको घृणित घटनाको हामी कडा शव्दमा निन्दा गर्दछौं र घटनाका दोषीलाई कुनैपनि हालतमा कडा कारवाही गरी छाड्ने अठोट पनि व्यक्त गर्दछु ।” मोदीको ट्विटरमा लेखेका छन् । 
 
भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्वारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । यस आक्रमणको क्रममा सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्यु भएको छ । 
 
भारत अधिनस्थल काश्मिरको प्रमुख सहर श्रीनगरबाट एक सय किलोमिटर पश्चिममा यस उरी क्षेत्र पर्दछ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ