आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ : माधव नेपाल
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
470
Shares
काठमाडौँ। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै कमजोरीले गत निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको स्वीकारेका छन्।
युवा सङ्घ नेपालले बुधवार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता आफूहरूको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको बताए।
तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्नुमा आफूहरूकै कमजोरी रहेको बताउँदै उनले थ्रेस होल्ड कटाएकै आधारमा अतिरिक्त कुनै सुविधा नपाइने बताए।
‘थ्रेस होल्ड पारे गरेको भए, हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाई जहाज दिन्थ्यो कि, पार्टीको अफिस राख्न घर दिन्थ्यो कि, रकम दिन्थ्यो कि, केही पनि दिँदैन थियो,’ अध्यक्ष नेपालले भने, ‘हामीले खटेर काम गर्न सकेको भए, १५ सिट हुन्थ्यो कि।’ सांसदहरूलाई थ्रेस होल्ड लाग्ने उनको चेतावनी दिए।