arrow

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहर सान्टोसमा समाधिस्थ गरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
pelefullversion.jpg.jpeg

सान्टोस। फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको सहरको कब्रस्तानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गरे। 

साङ्गीतिक  टोलीको  शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ भजन गाउँदै, बजाउँदै गरिएको शवयात्रामा हजारौँ सहभागी भएका थिए । सुनले बेरिएको ‘कास्केट’ आइपुग्नु अघि  कब्रस्तानमा उपस्थित अपार जनसागरले पेलेलाई मन पर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए । 

पेलेको ८२ वर्षको उमेरमा गत हप्ता मृत्यु भएको हो । उनको शव सान्टोसमा राखिएको थियो जहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए । पेलेको अन्तिम संस्कार वा शवयात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन् । 



नयाँ