arrow

कोरोना : चीनबाट जाने यात्रुमाथि युरोपमा कडाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
chiness-corona-travel.jpg

काठमाडौं । युरोपेली कूटनीतिज्ञहरूले चीनबाट  जाने यात्रुमाथि कडाइ गर्ने भएका छन्। कोरोनाको नयाँ भेरियन्टको बढ्दो खतराका कारण युरोपेली सङ्घका स्वास्थ्य मन्त्रीहरूले चीनबाट जाने यात्रुहरूमाथि निगरानी बढाउने भएका हुन् । 

चीनबाट जाने यात्रुले अब कोरोना परीक्षण गराइएको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । यात्रुले उडान अवधिमा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था लागु गर्ने भएका छन् । 
युरोपका फ्रान्स, स्पेन र इटलीले यो नियम लागु गरेका छन् भने अन्य मुलुकमा लागु हुदैछ । 

यसअघि अमेरिका र क्यानडाले चीनबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएका छन्। नयाँ भेरियन्टको बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले चीनबाट आउने यात्रुको परीक्षण अनिवार्य गरेको छ । अहिलेसम्म त्यहाँ नेगेटिभ रिपोर्ट मात्र देखाएर पुग्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ