arrow

शाहरुखको फिल्ममा चल्यो बोर्डको कैँची, फालियो सिन

१० भन्दा बढी सिन फालियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
pathan-poster.jpg

काठमाडौं ।  बलिउड स्टार शाहरुख खानको फिल्ममाथि  कैँची चलेको छ । 

शाहरुख खानको फिल्म पठान माथि सेन्सर बोर्डको कैँची चलेको हो । फिल्म पठानको  टिजर रिलिज भएदेखि नै विवादमा परेको छ । 

अब यो फिल्म सेन्सर बोर्डको कैँची चलेको सन् २०२३ कै पहिलो फिल्म बनेको छ । 

सेन्सर बोर्डले फिल्ममा केही परिवर्तन गर्न सुझाव दिएपछि अब फिल्मबाट केही संवाद र गीतका केही दृश्य हटाइएको छ।  

‘बेशरम रङ्ग’ मा अभिनेत्री दीपिका पादुकोणको पहिरन र पहिरनको रङ्ग फेरिएको छ ।

फिल्ममा शाहरुख खान र दीपिका पादुकोण मुख्य भूमिकामा रहेका छन् । 

सेन्सर बोर्डले १० भन्दा बढी सिन र डाइलग कटौती गर्न अनुरोध गरेसँगै हटाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ