arrow

चिनियाँ ऋण महँगो र भुक्तानी अवधि छोटो छ: डा. टोफिकुल इस्लाम खान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
bri-china-bangladesh-towfiqul-islam-khan.jpg

काठमाडौं । बांग्लादेशको सेन्टर फर पोलिसी डाइलगका डा. टोफिकुल इस्लाम खानले चिनियाँ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत लगानी भित्र्याउन विभिन्न पक्षहरूको मूल्याङ्कन र विश्लेषण गरिनु पर्ने बताएका छन्।

उनले सुरुमा त ऋण लगानीको ब्याजदर निकै थोरै र कम्तीमा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप हुनुपर्ने र त्यसको भुक्तानी अवधिमा पनि सोही अनुसार हुनुपर्ने बताएका छन् । उनले चिनियाँ ऋण महँगो भएको र भुक्तानी गरिसक्नु पर्ने अवधि पनि छोटो रहेको स्वीकार गरेका छन् ।

यस्तै उनले त्यस्ता ऋण लगानी गरिएका परियोजनाहरूले ऋण तिर्न सक्षम आम्दानी गर्न सक्ने, विदेशी मुद्रा सञ्चितीका लागि योगदान दिन सक्ने, राजनीतिक र सामाजिक व्यवहार्यता देखाउनु पर्ने र आर्थिक र वित्तीय फाइदा दिने जस्ता पक्षहरूको अध्ययन र मूल्याङ्कनपछि मात्रै सम्झौता गर्नु पर्ने बताएका छन् ।

जेएनयुका प्रोफेसर भन्छन्: दक्षिण एसियाको आधुनिकीकरण लागि ८ ट्रिलियन चाहिन्छ, बीआरआई अन्योल हो

दक्षिण एसियामा चीनले पाकिस्तानपछि बांग्लादेशमा लगानी गरेको भए पनि तेस्रो यस क्षेत्रको तेस्रो ठुलो अर्थतन्त्र भएका कारण त्यो धेरै पनि नभएको बताएका छन् ।  चीनले बांग्लादेशमा कुल बाह्य लगानीको १२ प्रतिशत हिस्सा मात्रै ओगटेको डा. टोफिकुल इस्लाम खानले बताएका छन् ।

सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेड्रलिज्म (सीईएसआईएफ)ले आयोजना गरेको जिओपोलिटिक्स एण्ड बीआरआई इन साउथ एसिया शीर्षकको अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै डा. खानले बीआरआईका सन्दर्भमा बंग्लादेशको दृष्टिकोण र बीआरआई अन्तर्गत लगानी भित्र्याउने या नभित्र्याउने परिदृश्यमा उनले आफ्नो टिप्पणीहरू राखेका छन् ।

भिडियो:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ