arrow

'९० को दशकमा यसो गरे सलमानले'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
salman-khan1.jpg

काठमाडौं । बलिउड अभिनेता सलमान खान बेलाबखत विवादमा छाउने गर्छन् । सलमानमाथि पूर्व प्रेमिका सोमी अलीले बारम्बार हिंसाको आरोप लगाउँदै आएकी छन् । 

सोमी अली कुनै समय सलमान खानकी प्रेमिका थिइन् । सोमीले आफ्नो पोस्टमा आफू भारत आउनुको सबैभन्दा ठुलो कारण सलमान भएको बताएकी छन् । १६ वर्षको उमेरमा उनको सलमान खानसँग प्रेम थियो । उनीसँग विवाह गर्न अमेरिकाबाट भारत आएकी थिइन् । तर सलमानले उनीसँग नराम्रो व्यवहार गरेका खुलाएकी छन् ।

उनले भनेकी छन्,' अमेरिकामा १४ वर्षको उमेरमा बलात्कृत भएकी थिए । त्यसपछि भारतमा, त्यो व्यक्तिले घरेलु हिंसा गरे, जसलाई मैले आठ वर्षसम्म डेट गरेँ।'

कुनै समय ऐश्वर्या राय बच्चन सलमानसँग सम्बन्धमा थिइन् । उनी पनि सलमानसँग पीडित भएको सञ्चारमाध्यममा आएका थिए । सो समय ऐश्वर्याले सलमानको दुर्व्यवहारको पर्दाफास गरेकी थिइन् । 

उनले थप लेखेकी छन्, ‘यो कुनै ब्रेकिङ न्युज होइन । सलमानले यो सबै गरेको म एक्लो होइन । तर बाँकीलाई म यसमा समावेश गर्दिन । धेरैले एफआईआर समेत दर्ता गरेका छन् । यी समाचारहरू ९० को दशकमा हेडलाइनको हिस्सा थिए।'

सोमी भन्छिन्, 'मेरो दिमाग बच्चा जस्तै थियो'। ठूला पर्दामा निभाएको चरित्र वास्तविक जीवनभन्दा बिलकुलै फरक थियो । जब मैले सत्य बोल्ने प्रयास गरेँ, मानिसहरूले यसलाई पब्लिसिटी स्टन्ट भनेका थिए भन्ने सोच्दा दुःख लाग्छ । कुनै महिलाले पनि मलाई साथ दिएनन् । म मुम्बईमा हुँदा सलमान खानले मलाई गाली र कुटपिट गर्थे । मेरो घरको सहयोगीले म रोएको देखेका छन् । मेरो चिच्याहट सुनेर उनले पनि मलाई हिर्काउन बन्द गर भने । त्यति बेला मेरो मेकअप आर्टिस्ट अजय शेलारले घाउ लुकाउन घाँटी र अन्य धेरै ठाउँमा फाउन्डेसन लगाउनुपर्थ्यो । जब म स्टुडियोमा जान्थेँ, निर्माताहरूले नोटिस गर्थे र अजयलाई ठिक गर्न भन्थे।'


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ