arrow

ट्विटर ह्याक: २० करोड प्रयोगकर्ताको इमेल लिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
twitter-files-elon-musk-black-list.jpg

काठमाडौं। माइक्रोब्लगिङ जायन्ट ट्विटरले सामना गरेको अर्काे ह्याकिङको घटनामा २० करोड भन्दा बढी प्रयोगकर्ताको इमेल लिक गरी अनलाइन ह्याकिङ फोरममा पोस्ट गरेको पाइएको छ।

इजरायली साइबर सेक्युरिटी मोनिटरिङ फर्म हडसन रकका सह संस्थापक एलोन गलले आफ्नो लींकडइनमा यो आफूले देखेको सबैभन्दा महत्त्वपूर्ण लिक मध्ये एक भएको भन्दै यसबारे जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।

गलले यो डेटा ब्रिचले दुर्भाग्यवश धेरै ह्याकिङ, लक्षित फिसिङ र डक्सिङको नेतृत्व गर्ने समेत बताएका छन्।

डाटा पोस्ट गरिएको ह्याकर फोरमको स्क्रिनसट बुधवार अनलाइनमा प्रकाशित भएको छ। यो ह्याक कसले गर्‍यो भन्नेबारे हाल कुनै जानकारी सार्वजनिक भएको छैन।

इजरायली साइबर सुरक्षा फर्म हडसन रकले उठाएको यो दोस्रो डाटा उल्लङ्घनको विषय हो। 

यसका अनुसार डिसेम्बरको अन्त्यमा समेत झण्डै ४० करोड खाता ह्याक गरी सम्बन्धित इमेल ठेगाना र फोन नम्बरहरू सार्वजनिक गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ