arrow

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, शनिवार सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
sattagathbandhan-government.jpg
सांकेतिक तस्विर ।

काठमाडौं। सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ। अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो । 

कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । शनिवार बस्ने शीर्ष नेताको बैठकले टुङ्ग्याएपछि सार्वजनिक हुने उनको भनाइ छ । 

सबै क्षेत्रलाई समेटेर जनतालाई परिवर्तनको प्रत्यक्ष आभास दिलाउने, विकासको अनुभूति दिने कार्यक्रम प्रस्ताव गरिएको उनले जानकारी दिए । “जनतालाई खुसी बनाउने कार्यक्रम आउँछ”, महामन्त्री ढकालले भने । 

सत्ता साझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणालगायत हुनुहुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ