arrow

कोभिड-१९: नेपालमा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
corona-covid-dalta-plus.jpg

काठमाडौं। कोभिड-१९ सङ्क्रमणबाट शुक्रवार काठमाडौं स्थिति वीर अस्पतालमा एक ५७ वर्षीय पुरुषको मृत्यु भएको छ। यो मृत्युसँगै नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ। उक्त मृत्यु अस्पतालले पुस्टी गरेको छ।

शुक्रवारसम्म नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ। शुक्रवार जम्मा ७ सय ८३को नमुना परीक्षण गर्दा २ जनामा सङ्क्रमण फेला परेको छ। यसै गरी ३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। 

छिमेकी देश चीन र भारतमा संक्रमितको संख्या बढेसँगै नेपाल सरकारले पनि सचेत हुन आव्हान गरेको छ। भारतसँग जोडिएका नाकाहरूमा सतर्कता अपनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ